Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजदेखि सिटिजन्स सन्तुलित योजनामा आवेदन दिन सकिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आजदेखि सिटिजन्स सन्तुलित योजनामा आवेदन दिन सकिने भएको छ ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रकम रु. एक अर्बको आकार रहेको चौथो बन्दमुखी योजना सिटिजन्स सन्तुलित योजना संचालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भई योजनाको निष्काशन आजदेखि पुस ८ गते (छिटोमा) बैंकिङ्ग समयसम्म इकाई बिक्रीका लागि खुला गरिएकोहो । ।

सिटिजन्स सन्तुलित योजनामा किन लगानी गर्ने ?

म्युचुअल फण्डमा लगानी गर्दा बचतमा भन्दा बढी प्रतिफल प्राप्त गर्न सकिने सम्भावना हुन्छ । यस योजनाले शेयर तथा डिवेन्चरहरुमा लगानी गरी नाफा र जोखिमको सही सन्तुलन राख्नेछ । हाल नेप्से इन्डेक्स तल्लो तहमा भएकाले यस योजनाले लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने सम्भावना बढी हुन्छ । राम्रो वार्षिक लाभांश दिन सफल योजना व्यवस्थापकले यस योजना संचालन गर्ने भएकोले पनी सक्दो लगानी गर्न उचित हुने धारणा छ, ।

योजनाको इकाई खरिद गर्नका लागि आफ्नो “मेरो शेयर” खाता मार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम १००,००० इकाई (अर्थात प्रति इकाई रु. १० को दरले न्यूनतम रकम रु. एक हजार र अधिकतम रकम रु. दश करोड सम्म) खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । यस योजनाको वित्तीय प्रक्षेपण अनसुार औषत वार्षिक प्रतिफल १४% हुने अनुमान गरिएको छ ।

सिटिजन्स क्यापिटलले इच्छुक व्यक्तिलाई १,००० कित्ता देखि २ लाख कित्तासम्म आवेदन दिन सुझाव दिएको छ भन्ने संस्थाहरुलाई पनी सक्दो बढी कित्ताको लागि आवेदन दिन सुझाव दिएको छ ।

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीईओ सबिर बादे श्रेष्ठ रहेका छन् ।

Health Tips Ad Road Block