काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । आइतबार बसेको संचालक समितिको १४२ औं बैठकले आव २०८१/०८२ को वार्षिक साधारण सभा मंसिर २५ गते काठमाडौंमा बोलाउने र साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले गरेको घोषणाअनुसार शेयरधनीलाई चुक्ता पुँजीको २.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ समेत गरी १० प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।
कम्पनीको वार्षिक साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर ११ गते बिहिबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउने र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।






















