Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दोस्रो संस्करणको एनपिएल आजबाट, साँझ ४ बजेपछि पूर्व च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच भिडन्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपालले आयोजना गरेको फ्रेन्चाई लिग नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजबाट सुरु हुने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा खेल हुनेछ । सोमबारदेखि करिब एक महिना हुने एनपिएल हुनेछ ।

दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ । यस पटक कुल ३२ खेल हुने छन् । क्यानले गत वर्ष एनपिएलका लागि आठ शहरका नाममा टिम छुट्याएर बिक्री गरेको थियो । विगतकै टिमहरू च्याम्पियन जनकपुर बोल्ट्स, गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् । सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर एकसे एक टिम तयार पारेका छन् ।

हरेक टिमसमक्ष कम्तीमा चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी टिममा राख्न पाउने प्रावधान छ । यस पटक फाप डुप्लेसिस, जेसन रोय, वायने पार्नेल, क्रिस लिन, इमरान ताहिर जस्ता सुपरस्टार विदेशी खेलाडी थपिएका छन् । दोस्रो एनपिएलमा ४० भन्दा बढी विदेशी आबद्ध भइसकेका छन् ।

लिगका नौ खेल दिउँसो र २३ खेल कृत्रिम प्रकाशमा हुने क्यानले जनाएको छ । हरेक खेलमा नौ हजार पाँच सय टिकट बिक्री गरिने छ । त्रिवि रङ्गशालाको दर्शक क्षमता भने १३ हजार रहेको बताइएको छ ।

दोस्रो एनपिएलको पहिलो खेलमा आज साँझ ४ बजे पूर्व च्याम्पियन जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजको सामना गर्ने छ । गत संस्करणमा जनकपुरले काठमाडौँलाई पाँच विकेटले हराएको थियो । जनकपुर सोही लय देखाएर उपाधि रक्षा अभियानको सुरुवात सकारात्मक रूपमा गर्ने योजनामा छ । काठमाडौँ भने बदला लिने दाउमा छ ।

Health Tips Ad Road Block