काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । १३ प्रतिशतमध्ये ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।
कार्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको ३१९ औँ बैठकले शेयरधनीलाई उपलब्ध गराउने १३ प्रतिशत लाभाँशबारे निर्णय लिएको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण हुनेछ ।





















