skip this News Page Tips Ad Road Block

योजना कार्यान्वयन कार्यतालिका निर्माण गरी काम गर्न मातहतका निकायलाई सुदूरपश्चिमका मुख्यमन्त्री शाहको निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले योजना कार्यान्वयन कार्यतालिका निर्माण गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बैतडीमा आयोजित बैतडी जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् । उनलेले आवश्यक नभएको ठाउँमा बजेट विनियोजित गरिएको र काम सम्पन्न भइसकेका योजनामा समेत काम गरेको व्यापक जनगुनासो आउन थालेपछि स्पष्ट रुपमा कार्ययोजना तयार गरेर योजना कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

‘आवश्यकता नभएको ठाउँमा बजेट विनियोजित भएको व्यापक गुनासो आएको छ,’ मुख्यमन्त्री शाहले भने, ‘यदि यस्तो भएको छ, भने त्यस्तो बजेटहरु कार्यान्वयन हुने छैन, त्यसका लागि योजना कार्यान्वयन कार्यतालिका निर्धारण गर्नुहोस्।’

साथै उनले उपभोक्ता समितिमार्फत कुनै पनि काम नगर्न निर्देशन दिएका छन्। ठेक्का सम्झौतामार्फत विकास निर्माणलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहले पालिका महासंघलाई समेत स्पष्ट मापदण्ड निर्धारण गरी अति आवश्यकता भएको ठाउँमा मात्र उपभोक्ता समिति मार्फत काम गर्ने गरी र प्रदेश कानुनमा अन्तर्गत समेटिने स्पष्ट मापदण्ड बनाउन निर्देशन दिए ।

Health Tips Ad Road Block