skip this News Page Tips Ad Road Block

विश्वकप फुटबल चलिरहँदा फिफाद्धारा अखिल नेपाल फुटबल संघ अनिश्चित कालका लागि निलम्बित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चलिरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा)भने निलम्बनमा परेको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले एन्फामा सरकारको हस्तक्षेप भएको भन्दै अनिश्चित कालिन प्रतिबन्ध लगाएको हो ।

फिफाले जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख छ । निलम्बनसँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ । नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक एक अर्बभन्दा बढी रकम अनुदान सहयोग पाउँदै आएको थियो ।

फिफाको अनुसार निलम्बनमा परेसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबल तथा युथ फुटबल खेल्न नपाउनुका साथै पदाधिकारीको विदेश भ्रमण समेत रोक्का हुनेछ ।

राखेप र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत एन्फामा आर्थिक अनियमितता भएको भन्दै छानविन गरिरहेको छ ।

Health Tips Ad Road Block