skip this News Page Tips Ad Road Block

कपिल रेग्मीको संयोजकत्वमा नेपाल वितरक संघ काठमाडौं क्षेत्रीय समिति, संघले आफ्नै नयाँ भवन बनाउने

म्याद सक्किएका सामान उत्पादकले समयमै नलिँदा वितरकहरु बढी मर्कामा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल वितरक संघ काठमाडौं पश्चिम क्षेत्रीय समितिले कपिल रेग्मीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न चौथो अधिवेशनले उपसंयोजकमा रुकेश महर्जन, सचिवमा कोमल थापा, खाद्य वस्तुगत उपसमिति संयोजकमा विमल रेग्मी, कस्मेटिक तथा अखाद्य किराना वस्तुगत उपसमिति संयोजकमा रामकृष्ण कार्की, हल्का पेय पदार्थ तथा मदिराजन्य वस्तुगत उपसमिति संयोजकमा योगेन्द्र श्रेष्ठलाई चयन गरेकाे छ । त्यस्तै सदस्यहरुमा नारायण प्रसाद अर्याल, अंजिता श्रेष्ठ, पुष्कर केसी, रुपक सिंह, टंक प्रसाद वस्ती, जनक मर्हजन र उमेश खड्का चयन भएका छन् ।

अधिवेशनले विमल रेग्मी संयोजक रहेको खाद्य वस्तुगत उपसमितिमा राजकुमार श्रेष्ठ, रमेश मरासिनी, नरेन्द्र डंगोल, अग्नि तिमिल्सिना, पुष्पराज ढकाल, दिल राज भट्टराई, प्रकाश पौडेल, सुरेश घिमिरे र सुभाष अर्याल रहेका छन् ।

त्यसैगरी अधिवेशनले रामकृष्ण कार्की संयोजक रहेको कस्मेटिक तथा अखाद्य किराना वस्तुगत उपसमितिमा सुन्दर श्रेष्ठ, उज्जवल अधिकारी, मदन पाण्डे, अनुप मिश्र, यमनाथ अधिकारी/रघु, विनय प्याकुरेल, तोयनाथ गौतम/आकाश, प्रकाश भट्टराई, धुव्र ढुगांना र उद्धवसिंह विष्टलाई सदस्य चयन गरेको छ ।

अधिवेशनले योगेन्द्र श्रेष्ठ संयोजक रहेको हल्का पेय पदार्थ तथा मदिराजन्य वस्तुगत उपसमितिमा सुनिता विसुराल, विशाल श्रेष्ठ, विकेश श्रेष्ठ, राजन पाण्डे, प्रकाश पौडेल, सन्तोष गौत्तम, मनराज घिसिङ र पदम दोङलाई चयन गरेको छ ।

 

नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनालीको प्रमुख आतिथ्यतामा तथा तत्कालीन क्षेत्रीय समिति संयोजक केशव मैनालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै संघका अध्यक्ष प्रेमहरि मैनालीले वितरकहरू आफ्नो हकहितका लागि एकजुट हुनुपर्ने बताए । उनले संघले आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको भन्दै यसमा सबैको साथ सहयोगको अपेक्षा गरे । उनले वितरकहरुका क्षमता विकासका योजना ल्याइएमा त्यसका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पूर्व अध्यक्ष दुर्गाराज श्रेष्ठले यस क्षेत्रका समस्याहरुलाई समाधान गर्न संघमा धेरैभन्दा धेरैलाई समेट्न कोशिष गर्नुपर्ने धारणा राखे । यसका लागि आवश्यक परे विधान संशोधनमा वर्तमान कार्यसमितिको ध्यानाकर्षण गराए । उपभोक्ता र वितरकहरुका विषयमा ध्यान दिँदै सचेत भएर व्यवसाय गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै पूर्व अध्यक्ष राजेन्द्र सिंखडाले मुख्यतः व्यवस्थापनमा ध्यान दिनुपर्ने भन्दै नीति बनाएर व्यवसायीका समस्या समाधानमा क्षेत्रीय समिति लागोस् भन्ने शुभकामना दिए । आफूमा अनुशासन कायम गर्नुपर्ने उनको भनाइ थियो ।

अधिवेशन उद्घाटनपछि कुराकानी गर्दै नेपाल वितरक संघका सल्लाहकार सदस्य चन्द्र बहादुर थापाले डेट एक्स्पाएर भएका र ड्यामेज भएका सामानहरुमा सम्बन्धित उत्पादक र आयातकर्ता कम्पनीले वितरकमार्फत फिर्ता लिनुपर्ने तर समयमै फिर्ता नलिइदिएका कारण वितरकहरुलाई ठूलो समस्या भएको विषय उजागर गरेका थिए ।

नवनिर्वाचित काठमाडौं पश्चिम क्षेत्रीय संयोजक कपिल रेग्मीले आउँदा दिनमा सबै मिलेर आपसी सहकार्य गरेर क्षेत्रीय समितिलाई नमुना समिति बनाउने प्रतिबद्धता जनाए । प्रशिक्षण र क्षमता विकासका काममा समितिले काम गर्ने उनले बताए । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

नवनिर्वाचित उपसमितिहरु र सम्मानः

Health Tips Ad Road Block