Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

टिकटकले सार्वजनिक गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट

Citizenlife ad 2082 falgun to baishak 2083

नेपाल । टिकटकले प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता अनुरुप सन् २०२५ को दोस्रो त्रैमासिक (Q2) कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। यो रिपोर्टमा २०२५ अप्रिलदेखि जुन महिनासम्मको तथ्याङ्क समेटिएको छ, जसमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टहरू पहिचान गर्ने र हटाउने क्रममा अपनाएका सक्रिय कदमहरूको विवरण दिइएको छ जसले टिकटकको ग्लोबल कम्युनिटीलाई सकारात्मक अनुभवका लागि आश्वस्त गराउने बताइएकाे छ।
२०२५ को दोस्रो त्रैमासिकमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घनको लागि नेपालमा कुल २४,७६,३४५ भिडियोहरू हटाएको कम्पनीले जनाएकाे छ । नेपालमा टिकटकले सक्रियरूपमा हटाएका भिडियोहरूको अनुपात ९९.८% रहेको छ, जसमा ९८.४% भिडियोहरू २४ घण्टाभित्र हटाइएका थिए।

कम्पनीका अनुसार विश्वव्यापीरूपमा टिकटकले यस त्रैमासिकमा कुल १८९ मिलियन (१८९,५७८,२२८) भिडियोहरू हटाएको छ, जुन प्लेटफर्ममा अपलोड भएका सबै कन्टेन्टको करिब ०.७% भएकाे कम्पनीकाे भनाइ छ। हटाइएका भिडियोहरूमध्ये १६३,९६२,२४१ भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिबाट पत्ता लगाइएका थिए भने ७,४५७,३०९ भिडियोहरू रिभ्युपछि पुनःस्थापित गरिएका थिए। टिकटकको विश्वव्यापी सक्रिय हटाउने दर ९९.१% रहेको छ र ९४.४% फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए। यस अवधिमा टिकटकले प्लेटफर्मको विश्वसनीयता कायम राख्नका लागि ७६,९९१,६६० नक्कली खाताहरू र १३ वर्षभन्दा कम उमेरका शंकास्पद २५,९०४,७०८ खाताहरू पनि हटाएको छ।

रिपोर्ट अनुसार हटाइएका कुल भिडियोहरूमध्ये ठूलो हिस्सा, ३०.६% भिडियोहरूमा संवेदनशील वा वयष्क थिमहरू थिए, जसले टिकटकको कन्टेन्ट पोलिसीहरू उल्लङ्घन गरेका थिए भनेर कम्पनीले जनाएकाे छ। कम्पनीका अनुसार थप १४.०% भिडियोहरूले सुरक्षा र सभ्यता मापदण्ड तोडेका, ६.१% ले गोपनीयता र सुरक्षासम्बन्धी गाइडलाइन्स उल्लङ्घन गरेका थिए। साथै ४५.०% लाई गलत सूचनाका रूपमा फ्ल्याग गरिएको थियो भने २३.८% भिडियोहरू सम्पादित वा एआई-जेनेरेटेड कन्टेन्टका रूपमा पाइएको थियो।

यस किसिमको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा प्रकाशन गरेर टिकटकले पारदर्शिताप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। Q1 2025 प्रतिवेदनको विस्तृत जानकारी र टिकटकको कन्टेन्ट पोलिसीहरू, टुलहरू र पारदर्शिताबारे थप जान्नका लागि प्रयोगकर्ताहरूले टिकटकको Transparency Centre भ्रमण गर्न सक्ने जनाएकाे छ।

टिकटकको बारेमा

टिकटक छोटा भिडियोहरूका लागि अग्रणी मोबाइल प्लेटफर्म हो। यसको उद्देश्य रचनात्मकतालाई प्रेरित गर्नु र खुशी बाँड्नु हो। टिकटकको विश्वव्यापी मुख्यालय लस एन्जलस र सिङ्गापुरमा रहेको छ, र यसका कार्यालयहरू न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोमा रहेका छन्।

 

Health Tips Ad Road Block