skip this News Page Tips Ad Road Block

काठमाडौंमा नक्कली डाक्टरी सर्टिफिकेट लिएर बिरामीको उपचार हुने गरेको फेला, पौडेल पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको अभियोगमा काठमाडौं साविक मातातिर्थ गाविस–७ बस्ने ४७ वर्षीया चेतन एएम (पौडेल) लाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई चन्द्रागिरि नगरपालिका–८ बाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा चन्द्रागिरि नगरपालिका–८ मा संचालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा उनले नपाएको चिकित्सकको उपाधिको प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीहरुको आधुनिक चिकित्सा निदान उपचारमा संलग्न रहेको एवम् बिरामीलाई औषधि सिफारिस समेत गर्ने गरेको खुल्न आएको छ ।

उनी उपर मुलुकी अपराध संहिता, २०७४ को इलाज सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Health Tips Ad Road Block