skip this News Page Tips Ad Road Block

आईसीसी विश्वकप लिग टुमा आज नेपालले अमेरिकाको सामान गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आईसीसी विश्वकप टी २० एशिया तथा इस्ट एशिया प्यासिफिकमा अपराजित बनेर च्याम्पियन बनेको र टी–२० विश्वकपमा छनोट भएको नेपाल, आईसीसी विश्वकप लिग टु मा आज पहिलो खेलमा अमेरिकाको सामना गर्नेछ । लिग टु को यो श्रृंखला आजदेखि यूएईमा शुरु हुने र नेपालले पहिलो खेलमा अमेरिकाको सामना गर्ने भएको हो ।

नेपालको दोस्रो खेल ३० अक्टोबरमा यूएईसँग र तेस्रो खेल १ नोभेम्बरमा अमेरिकासँग हुनेछ । त्यस्तै ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ । आजको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे शुरु हुनेछ ।

लिग टु श्रृंखलामा नेपाल १६ खेलबाट १२ अंक जोडेर सातौँ स्थानमा छ ।

यो आईसीसी विश्वकप लिग टुकाे त्रिकोणात्मक सिरिज हो । यस खेलको नेपाली टीममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप–कप्तान), कुशल भुर्तेल, मो. आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो. आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी रहेका छन् ।

Health Tips Ad Road Block