Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तिहार पर्वः गरियाे नेपालको मौलिक परिकार सेल पकाउने प्रतियोगिता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । तिहारको अवसरमा काठमाडौंमा नेपालको मौलिक परिकार सेल पकाउने प्रतियोगिता सम्पन्न भएको छ । नेपालका प्रथम कार्यकारी सेफ गोविन्द नरसिंह केसीले उद्घाटन गरेको प्रतियोगितामा सेफ इङ्वा सुब्बा प्रथम, राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय भएका थिए ।

नेपाली खाना प्रवर्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा सोमबार सम्पन्‍न प्रतियोगितामा विभिन्न नौजना सेफहरुको सहभागिता थियो । नेपाली खानालाई देशभित्र र बाहिर प्रचार प्रसार गर्न समय समयमा विभिन्न कार्यक्रमको आयोजना हुनुपर्ने सहभागी सेफहरुले बताएका छन् ।

सेफहरुले लक्ष्मीपूजाको पूर्वसन्ध्यामा देउसी समेत खेलेका थिए । नेपाली परम्पराको निरन्तरता र पर्यटन क्षेत्रमा पछिल्ला दिनहरुमा देखिएका समस्या समाधान हुनुपर्ने विचार उनीहरुले देउसीमार्फत अभिव्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय सेफ दिवस समेतको अवसरमा गरिएको प्रतियोगितामा अक्टोबर २० अर्थात् यस दिनलाई अन्तर्राष्ट्रिय सेफ दिवसका रुपमा समेत मनाउने गरिएको छ ।

Health Tips Ad Road Block