काठमाडौं । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
मूल्य बढेर सुन प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला ३२८० रुपैयाँ रहेको छ ।
हिजो २ लाख ५३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी प्रतितोला ३२७५ रुपयाँ रहेको थियो ।






















