Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विराटनगर किङ्सद्वारा एनपीएलका लागि “पूर्वेली राजा” नामक म्यास्कट सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिगका लागि पूर्वेली राजा नामक आफ्नो नयाँ म्यास्कट अर्ना सार्वजनिक गरेको छ। यो म्यास्कटले टिम र यसले प्रतिनिधित्व गर्ने पूर्वी क्षेत्रको गहिरो भावनालाई प्रतिनिधित्व गर्दछ।

हाल लोपोन्मुख अवस्थामा रहेको अर्ना कोशी क्षेत्रको रैथाने प्रजाति हो। यो जनावरलाई शक्ति र सहनशीलताको प्रतीक मानिन्छ। विराटनगर किङ्सले अर्नालाई म्यास्कटको रूपमा चयन गरेर आफ्नो क्षेत्रको प्राकृतिक सम्पदाप्रति सम्मान व्यक्त गरेको छ भने यस दुर्लभ जनावरको संरक्षणका लागि जनचेतना फैलाउने सन्देश पनि दिएको छ। यसको उपस्थितिले प्रशंसकहरूलाई शक्ति, सौन्दर्य र दृढ संकल्पको सम्झना गराउनेछ, जुन अर्ना र टिम दुवैका समान गुणहरू हुन्।

“पूर्वेली राजा” नामले कोशी प्रदेशमा बिराटनगरको गौरव र यसले गर्ने नेतृत्वको प्रतिनिधित्व गर्छ र यसले टिमलाई “पूर्वको राजा” का रूपमा समेत चित्रित गर्दछ। यो म्यास्कट क्रिकेट मैदान भन्दा बाहिर पनि एकता, साहस र जिम्मेवारीको प्रतीकको रूपमा रहने छ जसले शक्ति केवल जितमा होइन, हाम्रा अमूल्य सम्पदाहरू जोगाउने क्षमतामा पनि हुन्छ भन्ने देखाउँछ।

पूर्वेली राजा मार्फत विराटनगर किङ्सले आफ्ना समर्थकहरूमा आफ्नो ठाउँ र प्रकृतिसँगको गर्व, अपनत्व र सम्बन्ध जगाउने लक्ष्य राखेको छ। एनपीएल नजिकिँदै गर्दा यो शक्ति, सचेतना र क्षेत्रीय गौरवको प्रतीक अर्ना बिराटनगर किङ्सका लागि गर्जनसहित नेतृत्व गर्न तयार छ।

विराटनगर किङ्सको बारेमा

विराटनगर किङ्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट टिम हो। यसको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेल भावनाको प्रवर्द्धन गर्नु र समुदायसँग बलियो सम्बन्ध स्थापित गर्दै कोशी प्रदेशलाई गौरवान्वित बनाउनु हो।

Health Tips Ad Road Block