Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विश्व बैंक वार्षिक बैठकमा महासंघ अध्यक्ष ढकाल: वैदेशिक लगानीका लागि बहुपक्षीय संस्थाबीचको सहकार्यमा जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको विकास, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र, पूर्वाधार जस्ता क्षेत्रहरूमा लगानीका लागि बहुपक्षिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्। संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डी.सी.मा सम्पन्न विश्व बैंक वार्षिक बैठक २०२५ मा सहभागी भई विश्वका वित्तीय तथा विकास संस्थाका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ताका क्रममा अध्यक्ष ढकालले सो कुरामा जोड दिएका हुन् ।

अर्थमन्त्री रामेश्वर खनाल राष्ट्र बैंकका गभर्नर डा. विश्वाथ पौडेल अर्थ सचिव डा.घनश्याम उपाध्याय तथा अन्य उच्चपदस्थ अधिकारीहरू सहितको नेपाली प्रतिनिधिमण्डलसँगै महासंघका अध्यक्ष ढकालले सो बैठकमा सहभागिता जनाएका थिए ।

बैठकका क्रममा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक समूह, र अन्तर्राष्ट्रिय वित्त निगम (आइएससी) का वरिष्ठ प्रतिनिधिहरूसँग भेटवार्ता गरेका थिए । “विश्व बैंक वार्षिक बैठक २०२५ मा आफ्ना आर्थिक प्राथमिकताहरू र वैश्विक साझेदारीका विषयहरु प्रस्तुत भएका छन् । हामीले पनि हाम्रा धारणा सशक्त रूपमा राखेका छौं । विश्व आर्थिक परिदृश्य, विकासका लागि वित्तीय स्रोत परिचालन, तथा दिगो आर्थिक वृद्धिमा निजी क्षेत्रको भूमिकाबारे व्यापक छलफल भएको छ ।” उनले भने ।

सो अवसरमा अध्यक्ष ढकालले ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई) का प्रबन्ध निर्देशक नादाबा म्पोफु, आईएफएफका पूर्व प्रबन्ध निर्देशक तथा हाल युरोपियन सेन्ट्रल बैंक (इसीबी) का अध्यक्ष क्रिस्टिन लगार्डसँग पनि भेट गरेका थिए । सो अवसरमा उनले नेपालका आर्थिक सम्भावना, वित्तीय क्षेत्रको सुदृढता, तथा दिगो लगानीका अवसरहरूबारे छलफल गरेका थिए ।

२५औं वार्षिक बैठकमा नेपालको सहभागिताले दिगो आर्थिक वृद्धि र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सम्बन्ध गहिरो बनाउने प्रतिबद्धतालाई जोड दिएको र यी छलफलहरूले सहकार्य र लगानीलाई वृद्धि गर्ने बाटो खोल्ने अपेक्षा गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

यस्ता अन्तर्राष्ट्रिय बैठकहरूमा महासंघको सहभागिताले नेपालको आर्थिक कूटनीति सुदृढ गर्न, वैदेशिक लगानी आकर्षित गर्न, र निजी क्षेत्र तथा बहुपक्षीय संस्थाबीचको सहकार्य बलियो बनाउन मद्दत पुर्‍याउँछ । जसले नेपाललाई आर्थिक अवसरहरूको उदीयमान केन्द्रको रूपमा स्थापित गर्नेछ । ” अध्यक्ष ढकालले भने ।

ती बैठकहरूले नेपालका आर्थिक प्राथमिकता प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदम स्थापित गरेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block