Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अन्तर्राष्ट्रिय बजारमा एक वर्षमा सुनको मूल्य ४३ प्रतिशतले बढ्यो, कच्चा तेलको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एक वर्षमा ४३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको तथ्याँमा यो उल्लेख गरेको छ ।

राष्ट्र बैंक भन्छ, ‘अन्तर्राष्ट्रिय बजारमा २०८१ भदौ मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २५८४ रहेकोमा २०८२ भदौ मसान्तमा ४३.० प्रतिशतले वृद्धि भई अमेरिकी डलर ३६९५.४० पुगेको छ ।’

त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य भने ५.८ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार २०८१ भदौ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७३.९६ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८२ भदौ मसान्तमा ५.८ प्रतिशतले कमी आई अमेरिकी डलर ६९.६९ कायम भएको छ ।

Health Tips Ad Road Block