काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कार्तिक ३० गतेका लागि बैंकको २४ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले कार्तिक ३० गते आइतबार बिहान १० बजेका लागि आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २४ औँ वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कार्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार कार्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन पाउने तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।






















