Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राजश्व संकलन लक्ष्यभन्दा कम, ३ खर्बभन्दा बढी उठ्नुपर्नेमा साँढे दुई खर्ब मात्र उठ्यो

Citizenlife ad 2082 falgun to baishak 2083
काठमाडौं । जेनजी आन्दोलन लगायतका कारण पनि रावश्व संकलन लक्ष्यभन्दा कम भएको छ । लक्ष्यको ७८.१२ प्रतिशत मात्र राजश्व उठेको हो ।
राजस्व व्यवस्थापन सूचना प्रणालीले दिएको तथ्याँकअनुसार असोज मसान्तसम्ममा ३ खर्ब २१ अर्ब ५३ करोड राजश्व उठ्ने लक्ष्य राखिएकोमा जम्मा २ खर्ब  ५१ अर्ब १८ करोड राजश्व संकलन भएको छ । यो लक्ष्यको ७८.१२ प्रतिहत हो । सरकारले वर्षभरीमा १४ खर्ब ८० अर्ब राजश्व स.कलन गर्ने लक्ष्य राखेको छ ।
असोज महिनाको राजश्व संकलन लक्ष्य १ खर्ब ३ अर्ब ७ करोड रहेको थियो । प्रणालीका अनुसार असोज महिनाको मात्रै सङ्कलन ९२ अर्ब ४७ करोड रहेको छ । यो लक्ष्यको ८९.७१ प्रतिशत हो । असोज ३१ गतेमात्रै ८ अर्ब ६ करोड राजश्व संकलन भएको थियो ।
यता २०८१/८२ को वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको थियो । त्यतिबेला असोजसम्मको लक्ष्य ३ खर्ब ९ अर्ब ९३ करोड रहेको थियो । त्यस समयमा असोज ३१ गतेसम्मको जम्मा सङ्कलन २ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ रहेको थियो । त्यस्तै असोज महिनाको सङ्कलन ८३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।
Health Tips Ad Road Block