Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विश्वभरका चिकित्सकहरुको योग्यता परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा नेपाल मेडिसिटीमा सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

ललितपुर । विश्वभरका चिकित्सकहरुको योग्यता, शिप तथा ज्ञानको परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा चौंथो पटक नेपाल मेडिसिटीमा सम्पन्न भएको छ । दक्षिण एसियाको परीक्षा केन्द्रमध्ये नेपाल पनि पर्दछ तर नेपालको लागि भने नेपाल मेडिसिटी पहिलो र एकमात्र केन्द्र हो । तीन दिन सम्म सञ्चालन भएको यो परीक्षा आश्विन २८ गतेबाट शुरु भएर ३० गतेसम्म सञ्चालन भएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

एमआरसिपी युके पेसेस चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ ।

सन् २०२४ देखि नेपालका लागि नेपाल मेडिसिटीले निरन्तर रुपमा परीक्षा केन्द्रका रुपमा परीक्षा सञ्चालन गर्दै आएको छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् ।

धेरै चिकित्सकहरूले यो परीक्षा लिन र एमआरसिपी युके योग्यता पूरा गर्नको लागि बेलायतको यात्रा गर्नुपर्ने अवस्था थियो । नेपालमा यस परीक्षाको लागि केन्द्र खोलिँदा नेपालका सबै चिकित्सकहरूलाई आफ्नै देशमा परीक्षा दिने वातावरण बनेको छ ।

बेलायतबाट आयोजना गरिने परीक्षामा यस वर्ष वर्ष बंगलादेश, भारत, नेपाल, बेलायत, म्यानमार, ब्रुनाई र माल्दिभस देशबाट ४६ जना प्ररीक्षार्थीहरु आएका थिए । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १५ जना परीक्षकको उपस्थिति रहेको थियो ।

डा. डेभिड ब्ल्याक, डा. एलिनोर ग्रोगन, डा. अर्थर डकं, डा. क्याट्या एडि र डा. काथिर योगनाथन बेलायतबाट परीक्षा निरीक्षणका लागि रोयल कलेज अफ फिजिसियनस् अफ एडिनबर्ग, रोयल कलेज अफ फिजिसियनस् एण्ड सर्जनस् अफ ग्लासगो र रोयल कलेज अफ फिजिसियन लण्डनबाट आएका हुन् ।

त्यस्तै नेपालबाट परीक्षाका निरीक्षक तथा नेपाल मेडिसिटीका डा.निरज जोशी, डा. धिरज मानन्धर, डा. अर्पना न्यौपाने, डा. सञ्जित कृष्ण श्रेष्ठ र डा. लक्की शर्मा, नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबाट डा. सुदिप श्रेष्ठ, ह्याम्स अस्पतालबाट डा. रक्षा पाण्डे, नर्भिक अस्पतालबाट डा. यादव के. डि भट्ट, चितवन मेडिकल कलेजबाट डा. सितल अधिकारी, आइओएमबाट डा. महेशराज सिग्देल, ओम अस्पतालबाट डा. रविन्द्र श्रेष्ठ, नेपाल मेडिकल कलेजबाट डा. प्रविन अधिकारी पाटन अस्पतालबाट डा. युवराज शर्मा र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डा. अरुण मास्के परीक्षकका रुपमा सहभागि भएका थिए । शुरुवात देखि नै नपाल मेडिसिटीकी डा. प्रगति कोइरालाले यस परीक्षाको लागि समन्वयन गर्दै आएकी छिन् ।

Health Tips Ad Road Block