Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य २ लाख ५० हजारभन्दा माथि पुगेर नयाँ कीर्तिमान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज असोज ३० गते बिहीबार नेपाली बजारमा सुनको मूल्य नयाँ उचाईमा पुगेको छ । तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँमा सुनको मूल्य पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

दैनिकरुपमै सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ ।

हिजो २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको मूल्य पुगेर नयाँ रेकर्ड कायम भएको थियो । हिजोको तुलनामा मूल्य २ हजार रुपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँ रहेको छ ।

 

Health Tips Ad Road Block