काठमाडौँ । विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई२१डि नेपाली बजारमा सार्वजनिक गरेको छ । विशेषगरी युवापुस्ता र दैनिक प्रयोगकर्तालाई लक्षित यस स्मार्टफोनले उत्कृष्ट प्रदर्शन, मजबुत सुरक्षा र उपयोगी सुविधाहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार भिभो वाई२१डि नेपालकै सबैभन्दा किफायती आई पी ६८/६९ डस्ट एण्ड वाटर–रेजिस्टेन्ट स्मार्टफोन हो। यसमा अलराउन्ड वाटरप्रुफ प्रोटेक्सन फिचर छ, जसले अन्डरवाटर फोटोग्राफी मोड मार्फत पानीमुनिका सुन्दर दृश्यहरू सजिलै कैद गर्न सहयोग गर्छ। साथै, वनट्याप वाटर इजेक्सन र वनट्याप डस्ट एण्ड वाटर रिमोवल जस्ता स्मार्ट फिचरहरूले फोनभित्र प्रवेश गर्ने धुलो वा पानीलाई सहजै बाहिर निकाल्न मद्दत गर्छ । फोनको मजबुतीलाई एसजिएस ५ स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री ग्रेड सर्टिफिकेशनले प्रमाणित गरेको छ । थप सुरक्षाका लागि यसमा एयर–स्प्रिङ्ग फोन केस समेत उपलब्ध छ ।
शक्ति र प्रदर्शनको पक्षमा, भिभो वाई२१डिमा ६५०० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजी समावेश छ, जसले २१.६ घण्टासम्म निरन्तर युट्युब स्ट्रिमिङको सुविधा दिन्छ र २०% बाट १००% चार्ज हुन करिब ७५ मिनेट मात्र लाग्छ। दीर्घकालीन प्रयोगलाई ध्यानमा राख्दै, यस ब्याट्रीले ५ वर्षपछि पनि ८०% भन्दा बढी क्षमतामा काम गर्ने ग्यारेन्टी प्रदान गर्नै कम्पनीको भनाइ छ ।
प्रदर्शनका लागि फोनमा ६ जि बी वा ८ जि बी ¥याम र १२८ जि बी स्टोरेज रहेको छ । साथै भिभोको ५०–महिना स्मूथ एक्स्पिरियन्स प्रोमिसले लामो समयसम्म भरपर्दो प्रयोग सुनिश्चित गर्छ । सर्कल टु सर्च विथ गुगल, पासकी, एआई स्क्रिन ट्रान्सलेशन, फेस अनलक (मास्क वा हेल्मेटसहित) र ग्लभ मोड जस्ता स्मार्ट फिचरहरूले प्रयोगलाई अझ सहज बनाउँछन् ।
डिजाइनको हिसाबले, यो स्मार्टफोन दुई आकर्षक रङ कोरल रेड र जेड ग्रीनमा उपलब्ध हुनेछ । फ्ल्यागशीप क्वाड–कर्भड ब्याक कभर, प्रिमियम फ्रेम डिजाइन र डाइनामिक लाइट इफेक्टले यसलाई स्टाइलिश र आधुनिक बनाउने कम्पनीले जनाएको छ ।
कम्पनीले जनाएअनुसार मनोरञ्जनका लागि, फोनले ४००% लार्ज भोल्युम डुअल–स्टेरियो स्पिकर सहित सशक्त ध्वनि प्रदान गर्छ । साथै ६.६ इन्च डट्च डिस्प्ले, १००० निट्स ब्राइटनेस र ९० हर्ट्ज रिफ्रेश रेटमार्फत स्पष्ट र स्मूथ भिजुअल्स अनुभव गर्न सकिन्छ । ब्लू–लाइट सर्टिफिकेसन र आई–प्रोटेक्सन मोडले दृश्यलाई आँखामैत्री बनाउँछन् । क्यामेरा पक्षमा, ५० एमपी एचडी मुख्य क्यामेरासहितका एआई फोटो इन्ह्यान्स, मल्टी–स्टाइल पोट्र्रेट, स्टाइलिस नाइट फिल्टर्स जस्ता फिचरहरूले प्रयोगकर्तालाई सृजनात्मक फोटो अनुभव प्रदान गर्छ ।
भिभो वाई२१डि असोज १९ देखि नेपालभरका अधिकृत रिटेल पार्टनरहरू र दराज अनलाइन मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यसको मूल्य क. ६ जि बी + १२८ जि बी.– रु. २१,४९९ र ख. ८ जि बी + १२८ जि बी.– रु. २३,४९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।






















