ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद लाभांश कति–कति ?

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको ४६१ औं बैठकले आव २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकद्वारा स्वीकृति प्राप्त भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात् शेयरधनीलाई वितरण गरिनेछ ।

बैंकको हाल कायम चुक्ता पूँजी चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय नब्बे रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block