काठमाडौं । आइतबारदेखि नै नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले आज असोज २२ गते बुधबार पनि नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलाको ३ लाख ३८ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शक्ति राष्ट्रहरुले सुन सञ्चय गर्नेक्रम बढेका कारण दिनदिनै सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको विश्लेषकहरुले बताएका छन् । हिजो असोज २१ गते तोलाको २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएर मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
आज चाँदीको मूल्य भने तोलमा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला २९५५ रुपैयाँ पर्दछ ।






















