Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दशैंलगायत चाडबाड भनेर बढाएन आयल निगमले पेट्रोलियम पदार्थको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भारतीय बजारबाट मूल्य बढेर आएपनि नेपाल आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छैन । इण्डियन आयल कपरिशनवाट ३० सेप्टेम्बर, २०२५ (असोज १४, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रु. ०.२४ डिजेलमा रु. २.३५, मट्टितेलमा रु. २.३९, हवाई इन्धनमा प्रतिलिटर रु. ३.३९ र प्रति सिलिण्डर एलपि ग्याँसमा रु. ३.६० से बढेर आएपनि नेपालमा भने मूल्यमा कुनै हेरफेर नगरेको निगमले जनाएको छ ।

निगमले भनेको छ, ‘आसन्न चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत कायम गरिए‌को छ।’

Health Tips Ad Road Block