Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पौडीबाज अथर्वको दुई राष्ट्रिय कीर्तिमान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपाली पौडीबाज अथर्व सिंहले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा सोमबार २ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

भारतको अहमदाबाद जारी प्रतियोगितामा अथर्वले पुरुष १ हजार ५ सय मिटर फ्रिस्थायल १७ मिनेट ४३.५७ सेकेन्डमा पूरा गर्दै १० वर्षअघि शिरिष गुरुङले बनाएको १८ मिनेट ४५.६२ सेकेन्डको कीर्तिमान भंग गरे । सोही स्पर्धामा नेपालका कल्किन श्रेष्ठले पनि शिरिषको कीर्तिमानलाई उछिने । कल्किनले १८ मिनेट ११.११ सेकेन्डमा निर्धारित दूरी तय गरेको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जनाएका छन् ।

अथर्वले अर्को कीर्तिमान ४ सय मिटर व्यक्तिगत मिड्लेमा बनाए । यो स्पर्धामा पनि अथर्वले सन् २०१६ मा शिरिषले नै स्थापित गरेको ५ मिनेट ०४.७० सेकेन्डको कीर्तिमान तोडेका हुन् । राष्ट्रिय कीर्तिमान कायम गर्ने क्रममा अथर्वले ४ मिनेट ५८.३४ सेकेन्ड समय निकाले ।

Health Tips Ad Road Block