काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
बुधबार बसेको संस्थाको संचालक समितिको १५५ औं बैठकले आव २०८१/८२ सम्मको संचित मुनाफाबाट वित्तीय संस्थाका शेयरधनीहरुलाई हालको चुक्ता पूँजी एघार करोड अन्ठाउन्न लाख उनन्चास हजार पाँच सयको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय बैठकले गरेको छ ।






















