Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विदेशबाट पनि नेपाली नागरिकले भोट हाल्ने अधिकारबारे तयारी तिव्र पारिँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विदेशमा रहेका नेपालीहरुले पनि भोट हाल्ने विषय उठेको लामो समय भएपनि हालसम्म त्यसको प्रयोग भएको छैन । अहिले भने अन्तरिम सरकारले फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यो सम्भव रहेको विज्ञहरुले औंल्याएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले समेत विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित हुने गरी निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेपछि सो विषयले चर्चा पाएको छ ।

निर्वाचन आयोगका पूर्व आयुक्त एवं विज्ञहरुले कठिनाई र चुनौती दुवै भएपनि अहिलेदेखि नै यसको तयारी गरिए यो सम्भव रहेको बताएका हुन् । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले ढिलाई नगरी यसमा जान सकिने भनाइ राखेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले सकारात्मक भएर यस विषयमा पहलकदमी लिएको जानकारी दिएका छन् । पछिल्लो पटक युवा पुस्ताको आन्दोलनले समेत विदेशमा रहेका नेपाली नागरिकको मतदानको व्यवस्था गर्न जोड दिएको छ । आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने कानुन ल्याउँदा सरकार, आन्दोलन गरेको पक्ष, राजनीतिक दलसँग छलफल आवश्यक पर्ने विज्ञहरुको भनाइ छ ।

कानुनी र प्राबिधिक जटिलता हटाएर यस्तो व्यवस्था गरिनुपर्ने विज्ञहरु बताउँछन् ।

Health Tips Ad Road Block