काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा यहि घटस्थापना देखि छठ सम्म स्मार्ट सेलिब्रेसन बाइ एससीटी अफर सुरु गर्दै छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले बिगमार्टमा यहि असोज ६ गते देखि कार्तिक १० गते सम्म एससीटी युनियन पे कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु.१०० हुने गरीे छुट प्राप्त गर्नेछन् । यसको लागि भुक्तानी गर्न एससीटी युनियन पे कार्ड प्रयोग गरी पीओएस मेसिनमार्फत नै भुक्तानी गर्नु पर्नेछ । यो अफर घटस्थापनादेखि छठसम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी युनियन पे कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुन आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी युनियन पे कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।






















