Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विद्युत प्राधिकरणको नेतृत्वबाट हितेन्द्रदेव शाक्यलाई हटाइयो, सिलवाल बने नयाँ कार्यकारी निर्देशक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइएको छ । उनलाई जल तथा ऊर्जा आयोगमा नियुक्ति दिइएको छ भने नयाँ कार्यकारी निर्देशकमा मनोज सिलवाल आएका छन् ।

मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । सिलवाल प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक हुन् । उनले ऊर्जा मन्त्री कुलमान घिसिङ यसअघि प्राधिकरणमा कार्यकारी निर्देशक रहँदा नजिक रहेर सहयोग गरेको बुझिएको छ ।

गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सो पदमा नियुक्त गरेको थियो ।

Health Tips Ad Road Block