काठमाडौं । सुनको मूल्यले आज असोज ५ गते आईतबार फेरि नयाँ रेकर्ड कायम गरेको छ । तोलाको २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएर सुनको मूल्य नयाँ उचाइमा पुगेको हो । यसअघि भदौ ३१ गते नेपाली बजारमा सोही मूल्यमा सुनको कारोबार भएको थियो ।
चाँदी प्रतितोला २६२० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ ।




















