skip this News Page Tips Ad Road Block

रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना

हरेक स्मार्टफोन खरिदमा रेडमी बड्स ५ए को केवल रु. ९९९ मात्र

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खरिदसँगै प्रिमियम एसेसरीमा आकर्षक छुट पाउनेछन् । असोज ५ गतेदेखि कार्तिक १४ गतेसम्म -सेप्टेम्बर २१ देखि अक्टोबर ३१, २०२५ सञ्चालन हुने यस अभियानअन्तर्गत हरेक स्मार्टफोन खरिदमा ग्राहकले रेडमी बड्स ५ ए केवल रु. ९९९ मा प्राप्त गर्न सक्नेछन् ।

यस अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “हामी ग्राहकलाई उत्कृष्ट मूल्यसहितको अनुभव दिन प्रतिबद्ध छौं । ग्राहकलाई थप खुसी दिनका लागि ल्याइएको यो अफरमार्फत् हामीले उत्पादनलाई सबैका लागि अझ सुलभ बनाउन खोजेका छौं ।”

रेडमी नोट १४ सिरिजअन्तर्गत कुनै पनि मोडल खरिद गर्ने ग्राहकले सामान्यतया रु. २,४९९ पर्ने रेडमी बड्स ५ ए केवल रु. ९९९ मा पाउनेछन् । यो अफर रेडमी नोट १४, रेडमी, रेडमी नोट १४ ५ जी, नोट १४ प्रो ५ जी र रेडमी नोट १४ प्रो+ ५ जी सबै मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूले जुनसुकै स्मार्टफोन छनोट गरे पनि एकै मूल्यमा एसेसरी प्राप्त गर्ने सुविधा पाउनेछन् ।

यो विशेष अफर कार्तिक १४ (अक्टोबर ३१, २०२५) सम्म मात्र उपलब्ध हुनेछ र देशभरका आधिकारिक शाओमी बिक्रेता र सबै स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

Health Tips Ad Road Block