काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो । यस आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।




















