Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

खरानी पुछेर प्रधानमन्त्रीलाई कुर्सी, आजबाट काममा फकँदै प्रमुख प्रशासनिक निकाय सिंहदरबार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जेनजी प्रदर्शनकाक्रममा आगजनी तोडफोड र लुटपाटबाट क्षतिग्रस्त देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा खरानी पुछेर नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्कीलाई कुर्सीको व्यवस्थापन गरिएको छ भने खरानी पुछेरै आइतबारबाट सेवा दिने अवस्थामा लयमा फर्काउने काम गरिँदैछ । आगजनी र तोडफाेडबाट क्षतिग्रस्त मन्त्रालय एवं संरचनाको सरसफाईसँगै क्षतिको मूल्याङकन गर्दै सिंहदरबारलाई लयमा फर्काउने काम सुरु गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबारदेखि सिंहदरबारलाई लयमा फर्काउने काम हुने जनाएको छ ।

सिंहदरबारबाट दिइने सेवा आइतबारदेखि पुन: सुचारु गरिने कार्यालयले बताएको हो । अधिकांश सामग्री खरानी भएका कारण खरानीकै मुचुल्का तयार गरी सिंहदरबारको काम अगाडि बढाइने तयारी छ । पूर्णरुपमा सिंहदरबारलाई सञ्चालनमा ल्याउन भने केही समय लाग्ने कार्यालयले जनाएको छ । हाललाई जनताका तत्कालका आवश्यकताहरुलाई सम्बोधन गर्दै अगाडि बढ्ने तयारी गरिएको छ ।

Health Tips Ad Road Block