Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एफएनसीसीआईले भन्यो–युवाहरुको प्रदर्शनका क्रममा भएको जनधनको क्षति अन्यन्त दुःखद

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखि सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गरेको छ । महासंघले प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै परिवार जनमा समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

महासंघले भनेको छ, ‘मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति सम्वेदनशील हुन नेपाल सरकार, राजनीतिक दलहरु लगायत सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछौं । मुलुकमा थप निराशा र अशान्तिको वातावरण कही कतैबाट पनि सिर्जना नहोस र शान्तिपूर्ण आन्दोलन र त्यसक्रममा अनावश्यक बल प्रयोग नहुने तर्पm पनि महासंघ सम्वद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छ ।’

‘सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहीतको मर्यादित रोजगारी सम्भव छ । आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न पनि हामी सबैले संयमित भै सम्वाद र सहकार्यका माध्यमबाट समृद्धि तर्पmको यात्रा तय गर्नुपर्छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार लगायत सम्पूर्ण सबै राजनीतिक दलहरु एवं जेन जी पुस्तामा अपील गर्दै युवाहरुको चाहना अनुरुप नागरिकको सरकारी सेवामा सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता संगै लगानी एवं रोजगारी प्रवद्र्धनका लागि उपयुक्त वातावरण सिर्जना गरि समुन्नत समाज निर्माणमा योगदान पु¥याउन महासंघ सरोकारवाला सबैमा आग्रह गर्दछ ।’ महासंघले भनेको छ ।

Health Tips Ad Road Block