काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ६.३१५८ प्रतिशत नगद लाभांश दिने भएको छ ।
भदौ १९ गते बिहीबार बसेको बैंक संचालक समितिको १७० औं बैठकले बैंकको आ.व. २०८१/८२ को वित्तीय विवरण अनुसार उक्त आर्थिक वर्षको अन्त्यसम्मको संचित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी एक्काईस अर्ब साठी करोड रुपैयाँको ६.३१५८ प्रतिशतले हुने रकम नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यो नगद लाभांश कर प्रयोजन समेतका लागि हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । साथै नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात स्वीकृत लाभांशको वितरण साधारण सभाबाट पारित एवं कम्पनी ऐन २०६३ को दफा १८२ (२) अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृतिपश्चात मात्र हुनेछ ।






















