Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजदेखि लिटरमा ४ रुपैयाँले घट्यो डिजेल र मट्टितेलको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज बिहानदेखि लागु हुने गरि लिटरमा ४ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य घटेृको छ ।

इण्डियन आयल कर्पोरेशनबाट ३१ अगष्ट, २०२५ अर्थात् भदौ १५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रु. ०.२१, डिजेलमा रु. ३.९६ र हवाई इन्धनमा प्रति लिटर रु. १.४८ ले घटेर आएकोले मूल्य घटाएको नेपाल आयल निगमले जनाएको छ।

निगम सञ्चालक समितिको भदौ १५ को निर्णयानुसार आज बिहान १ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल र मट्टितेलमा रु. ४ हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाईएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

साथै पेट्रोल तथा एलपि ग्यासको बिक्री मूल्य यथावत राखिएको निगमको भनाइ छ।

Health Tips Ad Road Block