Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मासु लगायत कृषिवस्तु निर्यातका लागि थप सहजिकरण गरिदिन चीनसँग नेपालको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपालले भैंसीको मासु ,दुग्ध पदार्थ,तरकारी फलफुल र जडीवुटि चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबीच काठमाडौंमा भएको द्धिपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चीनियाँ पक्षले सकारात्मकरुपमा लिएको जनाएको छ।

बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गरेका थिए भने चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनले चिनियाँ पक्षको नेतृत्व गरेका थिए । नेपालबाट थर्मलरुपमा प्रशोधीत भैसीको मासु र भैसीको कार्टीलेज (कुरकुरे हाड) निर्यातका अलावा दुग्ध पदार्थहरु विशेष गरि घ्यु, नौनी ,वटर तथा छुर्पी चीन निर्यातका लागि कृषि मन्त्रालयले जोड गरिरहेको छ । त्यस्तै हेलेज साइलेज पशु आहरा निर्यातका लागि पनि द्धिपक्षीय बैठकमा नेपालले कुरा राखेको छ । नेपालले कुखुराको मासु र पञ्जा, तरकारी ,सुन्नतलाजन्य फलफुल,चिया तथा कफी र जडिबुटी निर्यातका लागि सक्षम रहेको र यसका लागि थप सहजिकरण गरिदिन पनि आग्रह गरेको छ । हाल नेपालबाट ३४ प्रकारका कृषि वस्तुहरु ६१ वटा कम्पनी मार्फत निर्यात हुँदै आएको छ ।

त्यस्तै हरियो घाँस हेलेज ५ वटा कम्पनी मार्फत चीन निर्यात हुदै आएको छ । नेपालले पशु आहार साइलेज निर्यातका लागि पनि चीन सँग प्रस्ताव गरेको छ ।

बैठकमा चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्गले चीनले नेपालवाट कृषि वस्तु निर्यातको विषयलाई उच्च महत्व दिएको बताए । एक सय भन्दा बढी देशहरुबाट यस्ता प्रस्तावहरु आउने गरेको भएपनि छिमेकी मुलुकको रुपमा हामीले नेपाललाई महत्व दिएर प्रयासहरु अघि बढाएका र्छौ बैठकमा उनले ,भने । व्यापार सहजीकरणका लागि हाम्रो एकल प्रयासले मात्र पुग्दैन त्यसैले दुवै देशको संयुक्त प्रयासमा यो गाह्रो र जटिल छैन,सहजीकरण गर्न हामी तयार छौं, उपमन्त्री वाङ्गले भने ।

बैठकमा कृषि मन्त्री अधिकारीले नेपालबाट मासु निर्यातका लागि आधारभुत सर्त खोरेत मुक्त क्षेत्र घोषणा गर्ने लगायतका प्रकृयादेखि चीनको क्वारेन्टाइन मापदण्ड पुरा गर्नका लागि प्रयास भैरहेको र सुन्ताला जातका फलफुल निर्यातका केही सर्तमा चलकता अपनाइदिन समेत चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।

द्धिपक्षीय बैठकमा नेपालको कृषि उपज निर्यातका लागि सहजीकरण गर्न दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्न नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्षले सहमती जनाएको छ । बैठकमा मन्त्रालयका तर्फवाट सचिव द्धय डा. गोविन्द प्रसाद शर्मा , डा. दीपक कुमार खराल र सहसचिवहरु सहभागी रहेका थिए भने चिनियाँ टोलीमा चीनको भन्सार प्रशासनका अधिकारीहरु सहभागी थिए ।

Health Tips Ad Road Block