Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता शेयरका लागि आवेदन परेको थियो । त्यसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएको थियो भने ८ हजार २८९ आवेदन रद्द भएको थियो ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो । जस अनुसार १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँड गर्दा शेष रहेको ४ कित्ता सोही लगानीकर्ताहरुमा बाँडफाँड गरिएको छ । अर्थात् ४ जनाले कम्पनीको ११ कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।

Health Tips Ad Road Block