Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भृकुटीमण्डपमा अटोमोवाइल्सको कुम्भ मेला १७ औं संस्करणको नाडा अटो शो–२०२५ सुरु, उड्ने कार मुख्य आकर्षण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ । अटो मोबाइल व्यवसायी, ग्राहक र सरोकारवालाको कुम्भ मेलाको रूपमा रुपमा रहने नाडा अटो शो–२०२५ आज भदौ ३बाट काठमाडौंको भृकृटीमण्डपमा सुरू भएको छ। चाडपर्व नजिकिएसँगै र यस वर्षको गाडी व्यापारको सिजन सुरु भएसँगै सुरु अटो शोमा ग्राहकको आकर्षणको रुपमा नयाँ–नयाँ मोडलका गाडीहरु प्रदर्शनीमा राखिएका छन् ।

भदौ ३ देखि भृकुटीमण्डपमा आयोजित नाडा अटो शो–२०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भदौ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने १७ औं संस्करणको नाडा अटो शो–२०२५ मा भविष्यको मोबिलिटी प्रतिक डिपाल इभिटोल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स मुख्य आकर्षणकोरुपमा रहेका छन् ।

‘गो फर मोर’ भन्ने नारासहित आयोजना भएको यस वर्षको नाडा अटो शो ले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याएको आयोजक नाडाको भनाई छ ।

स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपाँग्रे युनिटरि रोबोट्स, दिपल इभोटल युएभिसहित १९ वटा चारपाँग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपाँग्रे सवारी ब्रान्डहरूले शो मा सहभागिता जनाएका छन् । त्यसैगरी शोमा ३५ वटा कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) १२५ भन्दा बढी प्रदर्शकहरू रहेका छन् ।

करीब १ लाखभन्दा बढी आगन्तुकहरुले शो को भ्रमण गर्ने आयोजक नाडाको अनुमान रहेको छ ।

Health Tips Ad Road Block