Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

यसपालीको दशैं तिहारमा सार्वजनिक यातायातको भाडा बढ्दैनः यातायातमन्त्री दाहाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यसपालीको दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने बताएका छन् । मन्त्री दाहालले इन्धनको मूल्य अनुसार भाडा घटबढ गर्ने प्रावधान भएपनि चाडपर्वका बेला यात्रु थप मारमा नपरुन् भन्ने उद्देश्यले यस वर्ष भाडा नबढाउने योजना रहेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा उनले सुनाए । मन्त्री दाहालले यात्रुको भीडभाड चाडबाडको बेलामा भाडा नबढाउन यातायात व्यवसायीलाई आग्रह गरेको बताएका छन् ।

मन्त्री दाहालले यातायात व्यवसायीहरुसँग छलफलमार्फत सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार पर्यत्नशिल रहेको बताएका छन् । उनले भने, ‘यो वर्ष अहिलेसम्म हामीले एकपटक भाडा वृद्धि गर्यौं । यसको पनि एउटा नम्स छ । त्यसको आधारमा इन्धनको मूल्य घट्यो भने घटाउने र इन्धनको मूल्य बढ्यो भने बढाउने त्यसकालको प्रणाली हामीसँग छ । तर म तपाईहरुलाई के विश्वास दिलाउन चाहन्छु भने यो वर्षको दशैं र तिहारमा हाम्रो भाडा बढाउने योजना रहेको छैन । हामीले यातायात व्यवसायीहरुसँग पनि भनेका छौं । मान्छेको भिडभाड हुने बेलामा भाडा बढाउने काम नगरौं । बरु यातायात व्यवसायीहरुलाई केही पीर मर्का परेको छ भने यातायात व्यवसायीहरुसँग बसेर छलफल गर्ने भनेका छौं ।’

समिति बैठकमा मन्त्री दाहालले प्रदेशस्तरमा रहेका सडक आयोजनाहरु प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको धारणा राखेका छन् ।

Health Tips Ad Road Block