Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

देशभर ९४ प्रतिशत भूभागमा भयो रोपाई, मधेशमा पोहोरभन्दा दश प्रतिशत कम रोपाई

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । देशभर ९४ प्रतिशत भूभागमा रोपाई सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले भदौ १ गतेसम्मको रोपाई विवरण सार्वजनिक गर्दै गतवर्षभन्दा ४ प्रतिशत कम रोपाई सम्पन्न भएको जनाएको छ ।

भदौ १ गतेसम्ममा ९४.१५ प्रतिशत भूभागमा रोपाई सम्पन्न भएको छ । गतवर्ष भने भदौ २ गतेसम्ममा ९८.४४ प्रतिशत भूभागमा रोपाई सम्पन्न भएको थियो । यो अवधिमा मधेशमा पोहोरभन्दा दश प्रतिशत कम रोपाई सम्पन्न भएको केन्द्रले जानकारी दिएको छ ।

कुल १३ लाख ७६ हजार ४६६.९८ हेक्टर क्षेत्रफलमा धान रोपाई हुनसक्नेमा हालसम्ममा १२ लाख ९५ हजार ८८७.९७४ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।

केन्द्रले दिएको जानकारीअनुसार ९४.४२, मधेशमा ८६.३५, बागमतीमा ९७.२७, गण्डकीमा ९४.८३, लुम्बिनीमा ९८.०७, कर्णाली प्रदेशमा ९९.३४ र सुदूरपश्चिममा ९९.१५ प्रतिशत भूभागमा रोपाई सम्पन्न भएको छ ।

Health Tips Ad Road Block