Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नाडा अटो शोको प्रमुख आकर्षण उड्ने कार र रोबोट्स सुरक्षितरुपमा काठमाडौं आइपुगे

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भविष्यको मोबिलिटी प्रतिक डिपाल इभिटोल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षितरूपमा काठमाडौं आइपुगेको जनाएको छ । यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार रहेको र यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्ने नाडाको भनाइ छ ।

‘१७ औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो । यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ ।’ नाडाले दोहोर्याएको छ ।

भदौ ३ गते मंगलबारदेखि ८ गते आइबारसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने यस ठूलो प्रदर्शनीमा सहभागी भई यो ऐतिहासिक क्षणका साक्षी बन्न नाडाले अनुरोध गरेको छ ।

Health Tips Ad Road Block