skip this News Page Tips Ad Road Block

फेदीखोला हाईड्रोले १७ करोड ५० लाखको साधारण शेयर निस्काशन गर्ने, साधारणसभाले गर्यो अरु यस्ता निर्णय

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडमा रुपान्तरण भएपछिको कम्पनीको पहिलो साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभमा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा नं ६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मा निर्माण गरिरहेको आयोजना ४.३ मेगावाट २०८२ साल पुस अन्तिमसम्ममा सम्पन्न गर्ने जानकारी दिएको छ ।

साधारणसभामा आयोजनाको निर्माण सम्पन्न गर्न रु. ९४ करोड लाग्ने अनुमान गरिएकोमा २०८१ साल साउन १५ गतेको बाढीको कारणले ४ करोड लागत वृद्धी भई ९८ करोड लाग्ने र जसको ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपूँजी शेयर धनीहरूबाट र बाँकी ५१ प्रतिशत अर्थात् ५० करोड राष्ट्रिय वाणिज्य बैकबाट ऋणस्वरुप जुटाईएको समेत कम्पनीले जानकारी दिएको छ ।

साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोडमा १० थपगरी ७० कराड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाखको सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनको लागि संचालक समितिलाई अख्तियारी समेत दिएको छ ।

यसैगरी साधारणसभाले वन्डर्स ईनर्जी प्रालि (खिम्ती घ्वाङ्ग खोला जलविद्युत आयोजना ९ मेगावाट) मा रु. ५ करोड लगानी गर्ने प्रतिवद्धतासहित १ करोड र इस्र्टन ईनर्जी प्रालि ( ईर्खुवा खोला जलविद्युत आयोजना १५ मेगावाट) मा रु. १५ करोड लगानी गर्ने प्रतिवद्धता सहित २ करोड ५० लाख गरेको लगानी पारित गर्दै थप लगानी गर्ने समते निर्णय गर्दै कम्पनीको मुख्य लगानीमा २०९० साल भित्रमा कम्तीमा १०० मेगावाट क्षमताको आयोजना अगाडि बढाउने समेत निर्णय गरेको छ ।

साथै कम्पनीको नियमावली कम्पनीमा ५ जना सञ्चालकहरू रहनेमा अगामी कार्यकाल ४ वर्षको लागि संस्थापक (क) समूहबाट ३ जना चन्द्र प्रसाद बास्तोला, प्रकाश चन्द्र दुलाल र कविता अधिकारीलाई चयन समेत गरेको समेत कम्पनीले जानकारी दिएको छ ।

Health Tips Ad Road Block