Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वरुण वेभरेजसहित व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन अभ्यास गर्ने सात प्रतिष्ठान सम्मानित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गर्ने सातै प्रदेशका सात वटा प्रतिष्ठान सम्मानित गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक प्रदेशबाट एक÷एक गरी सात प्रतिष्ठानलाई सम्मानित गरेको हो । मन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा कोशी प्रदेशका बुट्टाबारी टि प्रालि, मधेसको डाबर नेपाल प्रालि, बागमतीको वरुण विभरेज (नेपाल) प्रालि, गण्डकीको गोर्खा ब्रुअरी प्रालि, लुम्बिनीको विजय डिष्टिलरी प्रालि, सुदूरपश्चिमको महाकाली सुगर इ प्रालि र कर्णालीको शुभ होटेल प्रालिलाई सम्मान गरिएको हो । कार्यक्रममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको प्रवद्र्धन, अनुसन्धान, नीतिगत परामर्श र सचेतनामूलक गतिविधिमा योगदान पु¥याउने प्रा. डा. सुनिलकुमार जोशीलाई कदर पत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुने प्रतिष्ठानहरूलाई बधाई दिँदै मन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको समुचित प्रबन्धबाट श्रमिकको उत्पादकत्व अभिवृद्धि हुने बताएका छन् । उनले यसको अभ्यासबाट मुलुकको समग्र आर्थिक एवं सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने भन्दै सबै प्रतिष्ठानलाई कार्यस्थल स्वास्थ्य, सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन आह्वान समेत गरे । मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले विगतको अभ्यास, अनुभव र कमीकमजोरीका आधारमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको स्थितिमा सुधार गर्दै लग्नुपर्नेमा जोड दिए । यसको अभ्यासले स्वयं प्रतिष्ठानको सफलता निर्धारण गर्ने उनको भनाइ थियो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणि पाण्डेले सम्मानित हुने प्रतिष्ठानहरूलाई २० वटा मापदण्डका आधारमा चयन गरिएको जानकारी सो अवसरमा दिए । उनले यस सम्मानले आगामी दिनमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका क्षेत्रमा योगदान पु¥याउन अन्य प्रतिष्ठानलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

Health Tips Ad Road Block