Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हीरक जयन्तीमा चेम्बरको हरियाली संकल्पः गौशलास्थित भण्डारखालमा वृक्षारोपण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा पशुपति गौशलास्थित भण्डारखालमा शनिबार विहान वृहत वृक्षारोपण गरेको छ । मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा वृक्षारोपण गर्दै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले जलवायु परिवर्तनले विश्वलाई गम्भीर चुनौती दिइरहेको वर्तमान अवस्थामा चेम्बर अफ कमर्सको पहल अत्यन्तै प्रशंसनीय भएको बताए । उनले भने, ‘आज गरिएको वृक्षारोपणले केवल हरियाली बढाउने मात्र होइन, भावी पुस्ताका लागि स्वच्छ तथा दिगो वातावरण सुनिश्चित गर्न ठूलो योगदान पु¥याउनेछ । ’ मन्त्री शाहीले विश्वव्यापी जलवायु संकटलाईसमाधान गर्नसामुहिक पहलको आवश्यकतामा जोड दिए ।

हीरक जयन्ती मूल समारोह समितिका सभापति एवं चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाइमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरुको नाममा सहभागीहरुले १ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेका थिए । सभापति श्रेष्ठले वृक्षारोपणसँगै यसको संरक्षण र संवद्र्धनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले चेम्बरले सामाजिक उत्तरदायित्वअनुरुप आगामी दिनमा पनि वातावरण संरक्षण र दिगो विकासका गतिविधिमा अग्रणी भूमिका खेल्ने बताए ।

कार्यक्रमले चेम्बरको ७५ वर्षे यात्रामा सामाजिक तथा वातावरणीय उत्तरदायित्वलाई पनि जोडिएको सन्देश दिएको सहभागीहरुले बताएका छन् ।

साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ ।

Health Tips Ad Road Block