Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

साउदी अरेबीबाट पनि श्रम वैधानिकिकरण सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ। नेपाली दूतावास रियादले आज एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिइ राजदूत डा.नरेश क्रम ढकालले श्रम वैधानिकिकरणलाई औपचारिकता दिएका छन्।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम स्वीकृति बिना नै विदेशमा कार्य गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयासलाई धन्यवाद दिएका छन्। श्रम स्वीकृतिको अभावमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरु आफ्नो मुलुक फर्किन नसक्ने अवस्थाको सृजना हुनु मानवीय नाताले समेत उपयुक्त नभएकोले वैधानिकिकरण अभियान सुरु गर्नु परेको उनले जानकारी दिए। साउदी अरेबीयासँग द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले अवको सेवाहरु प्रविधिमा आधारित रहने जानकारी दिए ।

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभाव जस्ता विविध कारणले श्रम स्वीकृतिको अभावमा राज्यबाट प्रदान हुने सेवाबाट कुनै पनि नेपाली वञ्‍चित भएकोले दूतावासबाटै श्रम वैधानिकिकरण कार्य आवश्यक रहेको औंल्याए । राजदूत डा. ढकालले श्रम वैधानिकिकरण गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिने र यस कार्यमा विभिन्न सङ्घ संस्थाहरुको समन्वय र सहकार्यको लागि अनुरोध समेत गरेका छन्।

Health Tips Ad Road Block