Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रभु इन्स्योरेन्सको नाफा ३९ प्रतिशतभन्दा बढीले बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २१ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २२ लाख नाफा आर्जन गरेको थियो । यसरी अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३९.२४ प्रतिशतले बढेको हो ।

अघिल्लो आवमा कम्पनीले ५७ करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क कमाएकोमा गत आवमा १०.७६ प्रतिशत वृद्धि गर्दै साढे ६३ करोड रुपैयाँ खुद बीमाशुल्क कमाएको छ । यता कम्पनीको बीमा कोषको आकार पनि गत वर्ष २ अर्ब २ करोड रुपैयाँ मात्रै रहेकोमा गत वर्ष ३३.८६ प्रतिशतको उल्लेख्य वृद्धि सहित २ अर्ब ७० करोड रुपैयाँको बीमा कोष खडा गरेको छ । कम्पनीले आफ्ना बीमितलाई दिने दाबी भुक्तानीमा पनि २२.५३ प्रतिशतको वृद्धिसहित गत वर्ष ५१ करोड ६३ लाख रुपैयाँको कुल दाबी भुक्तानी गरेको छ जुन अघिल्लो वर्ष ४२ करोड १३ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको कुल आम्दानी ८७ करोड ९७ लाख रुपैयाँबाट बढेर ९६ करोड २१ लाख रुपैयाँ पुगेसँगै कुल खर्च पनि ६४ करोड २१ लाख रुपैयाँबाट बढेर ६५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यता अभिकर्तालाई दिएको कमिशनको रकम भने ६ करोड ३० लाख रुपैयाँबाट घटेर ३ करोड ८२ लाख रुपैयाँमा झरेको छ । नाफा र आम्दानी बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी १०.५६ रुपैयाँबाट बढेर १४.७० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ कायम भएको छ । चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १० करोड २६ लाख रुपैयाँ र जगेडा कोषमा ४४ करोड ४३ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block