काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
बजारमा सुन प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला २२५५ रुपैयाँ रहेको छ ।






















