skip this News Page Tips Ad Road Block

तीन प्रदेशमा अझै पनि कम रोपाई, अन्य प्रदेशमा ९० प्रतिशत भन्दा बढी क्षेत्रफलमा रोपाई सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साउन १८ गतेसम्ममा तीन प्रदेश कोशी, मधेश र गण्डकीमा कम रोपाई भएको छ । सरकारी तथ्याँकअनुसार कोशीमा ८९.०३, मधेशमा ५७.२८ र गण्डकीमा ८८.९७ प्रतिशत क्षेत्रफलमा रोपाई भएको हो । अन्य प्रदेशमा भने ९० प्रतिशतभन्दा माथि रोपाई भएको छ ।

सात प्रदेशबाट प्राप्त धान रोपाईसम्बन्धी सरकारी तथ्याँकअनुसार बागमती प्रदेशमा ९२.९२ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५.९६ प्रतिशत, कर्णाली प्रदेशमा ९६.४७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत रोपाई सम्पन्न भएको छ । कुलरुपमा हेर्दा देशभर ८३.८८ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।

यसवर्ष समयमै पानी नपर्दा रोपाई प्रभावित भएको हो । विशेषतः मधेश प्रदेशमा कम रोपाई भएपनि शनिबारदेखि पानी परेका कारण भने धमाधम रोपाई भइरहेको छ ।

अघिल्लो वर्ष भने साउन २० गतेसम्ममा ९६.४७ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको थियो ।

Health Tips Ad Road Block