Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

संस्कृति इन्टरनेशनल स्कूलको १४ वर्षमुनिको फुटबल टोली डेनमार्कको डाना कपमा सहभागी हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति इन्टरनेशनल स्कूलको १४ वर्षमुनिको टोली डेनमार्कको डाना कप फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ । विद्यालयको १४ वर्षमुनिका बालक फुटबल टोलीले आगामी जुलाई २१ देखि २६ सम्म डेनमार्कको ह्योरिङ सहरमा आयोजना हुने विश्वप्रसिद्ध डाना कप सेभेन–ए–साइड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएको हो ।

यो प्रतियोगिता विश्वकै सबैभन्दा अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता मानिन्छ, जहाँ यस वर्ष मात्र ४५ भन्दा बढी देशका १,१०० टोलीहरू सहभागी हुँदैछन् । संस्कृति टोलीलाई औरियम स्पोट्र्स एकेडेमीले प्रशिक्षण र नेतृत्व गरिरहेको छ ।

प्रतियोगिताको मुख्य विशेषताः

अन्तर्राष्ट्रिय सहभागिताः हरेक वर्ष २०,००० भन्दा बढी खेलाडी, प्रशिक्षक र रेफ्रीहरू एकै स्थानमा भेला हुन्छन् ।

१४ वर्षमुनिको समूहः १०० देखि १५० टोलीसम्म सहभागी हुने यस समूहमा विश्वभरका विद्यालय तथा क्लब टोलीहरूले प्रतिस्पर्धा गर्छन् । पाँच दिनसम्म चल्ने राउन्ड–रोबिन खेलपछि ‘ए’ र ‘बी’ फाइनल खेल हुने व्यवस्था रहेको छ ।

उक्त प्रतियोगिता ५० भन्दा बढी घाँसे मैदान र शटल बस सेवा सहितको सुविधा सम्पन्न पार्क भेन्डियामा खेलहरू सञ्चालन हुनेछ ।

सांस्कृतिक अनुभवः सहभागी टोलीहरू स्थानीय विद्यालयमा बसोबास गर्ने, जसले अन्तर्राष्ट्रिय मित्रता र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्छ ।

ऐतिहासिक अवसर

संस्थापक निर्देशक दीप्ति आचार्यले भने , “डाना कपजस्तो अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न पाउनु हाम्रा विद्यार्थीहरूको लागि ऐतिहासिक अवसर हो । यसले उनीहरूको प्रतिभा, अनुशासन र फुटबलप्रतिको उत्साह देखाउँछ। हामी केवल एक टोलीमात्र होइन, नेपालका युवाहरूको आत्मविश्वास र एकताको सन्देश बोकेर जान डेनमार्क लागेका हौं ।”

त्यस्तै प्रमुख प्रशिक्षक रमेश महर्जनले भने , “हाम्रा खेलाडीहरूले निकै मेहनतपूर्वक तयारी गरेका छन्। यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताबाट उनीहरूको सीप निखारिनेछ, सोचाई फराकिलो हुनेछ र खेलप्रतिको बुझाइ अझ गहिरो बन्नेछ । संस्कृति स्कूलले शिक्षा र खेलकुदको सन्तुलनलाई सधैं प्राथमिकता दिएको छ ।”

डाना कपको महत्व

विश्वमै अन्तर्राष्ट्रियः सहभागी टोलीमध्ये ९०% टोलीहरू विदेशबाट आउँछन्, जसले हरेक खेललाई सांस्कृतिक अनुभव बनाउँछ ।

प्रतिस्पर्धात्मक अवसरः विभिन्न क्लबका स्काउट र प्रशिक्षकहरूले उदीयमान प्रतिभाहरूको खोजी गर्ने उत्कृष्ट मौका पनि हो ।

सामुदायिक सहयोगः प्रतियोगिताबाट संकलित आम्दानी स्थानीय खेल गतिविधिहरूमा लगानी गरिन्छ ।

जीवन पाठः टिमवर्क, सहिष्णुता र विश्व नागरिकताको अनुभूति गराउने अवसर ।

संस्कृति इन्टरनेशनल स्कूलको बारेमा

सन् २०१० मा स्थापना भएको संस्कृति इन्टरनेशनल स्कूल काठमाडौंमा अवस्थित छ । विद्यालयले शैक्षिक उत्कृष्टताका साथै खेलकुद र सिर्जनात्मक गतिविधिमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिएको छ । हाल विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, र राष्ट्रिय खेलकुद प्रतियोगितामा सफल उपस्थिति जनाउँदै आएको छ । संस्कृति इन्टरनेशनल स्कूल दक्षिण एसियाको एकमात्र इन्टरनेशनल प्राइमरी करिकुलम मान्यता प्राप्त संस्था हो ।

Health Tips Ad Road Block