काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । हिम स्टार उर्जा कम्पनी लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
उक्त शेयर रजिष्ट्रार सेवाअन्तर्गत हिम स्टार उर्जा कम्पनी लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने गर्दैछ ।
त्यसैगरी कारोबार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्यहरु गर्नेछ ।
यी कारोबार साउन ४ गते आइतबारदेखि एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाडौंमार्फत हुने कम्पनीले जनाएको छ ।






















